टेक्नो स्मार्टफोन किन्दा ५ लाखको सुनको चङ्गा पाइने !
काठमाडौँ । नेपालीहरूको महान् चाड बडादसैँ, तिहार तथा छठ पर्वको अवसर पारेर स्मार्टफोन ब्रान्ड ‘टेक्नो’ले नेपाली ग्राहकहरूका लागि आकर्षक फेस्टिभ अफर सार्वजनिक गरेको छ । कम्पनीले “टेक्नो स्मार्टफोन किन्दा सुनको चङ्गा” नामक चाडपर्व विशेष योजना ल्याएको हो ।
यो योजना अक्टोबर ४ देखि नोभेम्बर १५, २०२६ सम्म देशभर लागू हुनेछ । यस अवधिभर जुनसुकै मोडेलको टेक्नो स्मार्टफोन खरिद गर्ने ग्राहकहरूले लाखौँ रुपैयाँ मूल्य बराबरका सुन तथा चाँदीका चङ्गा र सिक्का जित्न सक्ने कम्पनीले जनाएको छ ।
सुनको चङ्गा कसरी जित्ने ?
नेपालभरका आधिकारिक विक्रेता वा अनलाइन माध्यमबाट टेक्नो स्मार्टफोन खरिद गरेपछि ग्राहकले त्यहाँ उपलब्ध अफरको क्युआर कोड स्क्यान गर्नुपर्नेछ । खुल्ने वेबसाइटमा आफ्नो नाम, सम्पर्क नम्बर, ठेगाना र खरिद गरिएको फोनको आइएमइआई नम्बर दाखिला गरी सब मिट गरेपछि ग्राहक योजनामा सहभागी हुन सक्नेछन् ।
उपहार योजनाका विशेषता तत्काल उपहार (डिजिटल स्क्र्याच कुपन) विवरण दर्ता गर्नासाथ मोबाइल स्क्रिनमा देखिने डिजिटल स्क्र्याच कुपन स्क्र्याच गरी भाग्यशाली ग्राहकले तत्कालै ३० हजार रुपैयाँ बराबरको चाँदीको चङ्गा वा ५ हजार रुपैयाँ बराबरको चाँदीको सिक्का जित्न सक्नेछन् ।
लक्की ड्र डिजिटल कुपनमा तत्काल उपहार परेका वा नपरेका सबै सहभागीहरू स्वतः बम्पर लक्की ड्रमा सामेल हुनेछन् । क्याम्पेको अन्त्यमा हुने लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेताले रु. ५ लाख मूल्य बराबरको ‘सुनको चङ्गा’ प्राप्त गर्नेछन् ।
टेक्नोका नेपाल र भारतका प्रमुख कार्यकारी अधिकृत अरिजित तालापात्राले चाडपर्वको खुसीलाई थप विशेष बनाउन र नेपाली ग्राहकहरूले देखाएको माया तथा विश्वासप्रति आभार व्यक्त गर्न यो योजना ल्याइएको बताएका छन् ।
मजबुत बनावट, उत्कृष्ट नेटवर्क, टिकाउ ब्याट्री, सुलभ मूल्य तथा हरेक स्मार्टफोनमा १०० दिनको रिप्लेसमेन्ट ग्यारेन्टीका कारण नेपाली बजारमा टेक्नो ब्रान्ड रुचाइँदै आएको कम्पनीले उल्लेख गरेको छ ।















