२१ आश्विन २०८३, बुधबार

४२ जिल्लाका ६१ स्थानमा दशैं-तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालन



काठमाडौं । नेपालीहरूको महान् चाड बडादशैं तथा तिहारलाई लक्षित गर्दै सरकारले ६१ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको छ।

देशका ४२ जिल्ला समेटिने गरी सञ्चालित यी पसलहरूमार्फत आम उपभोक्तालाई चाडबाडका बेला सहुलियत दरमा दैनिक उपभोग्य सामग्री उपलब्ध गराइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

प्रधानमन्त्री कार्यालयले सरकारको पहिलो ६ महिनाको उपलब्धी सारांश सार्वजनिक गर्दै यस्ताे जानकारी दिएकाे हाे ।

सरकारको ६ महिने उपलब्धि सारांशको ‘आर्थिक सुधार, व्यापार तथा लगानी’ खण्डअन्तर्गत उद्योग, आपूर्ति तथा लगानी शीर्षकमा टेकेर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनको तथ्याङ्क प्रस्तुत गरिएको छ।