१९ आश्विन २०८३, सोमबार

हिमालयन रि-इन्स्योरेन्सको अध्यक्षमा दीपेन्द्र कुमार मिश्र नियुक्त, संस्थापक सेयरधनीका तर्फबाट ३ सञ्चालक पनि थपिए



काठमाडौं । हिमालयन रि-इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा दीपेन्द्र कुमार मिश्र चयन भएका छन्।

कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको ९१औँ बैठकले रिक्त रहेको अध्यक्ष पदमा मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो।

यसैबिच, सोही दिन बसेको ९०औँ बैठकले संस्थापक सेयरधनीहरूका तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना नयाँ सञ्चालकसमेत मनोनयन गरेको छ।

जसअनुसार नेपाल बैंक लिमिटेडका तर्फबाट होम बहादुर खड्का, हंसराज हुलासचन्द एन्ड कम्पनीका तर्फबाट नितेश तोदी र कालिका फिनकर्ष प्रालिका तर्फबाट पल्लव श्रेष्ठ सञ्चालक समितिमा नियुक्त भएका छन्।