१९ आश्विन २०८३, सोमबार

एनएलजी इन्स्योरेन्सको सीईओमा सुनिल बल्लभ पन्त पुनः चार वर्षका लागि दोहोरिए



काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा सुनिल बल्लभ पन्तले आगामी चार वर्ष पनि निरन्तरता पाउने भएका छन्।

कम्पनी सञ्चालक समितिको ४२१औँ बैठकले पन्तलाई पुनः सीईओमा दोहोर्‍याउने निर्णय गरेको हो।

असोज १६ गतेको बैठकले गरेको यो निर्णयअनुसार उनको नयाँ कार्यकाल असोज २४ गतेदेखि सुरु हुनेछ। यसअघिको उनको कार्यकाल असोज २३ गते सकिँदै थियो। यस पुनर्नियुक्तिसँगै एनएलजी इन्स्योरेन्समा पन्तको कुल सीईओ कार्यकाल आठ वर्ष पुग्नेछ।