सन सेक्युरिटिज प्रालिद्वारा इस्लिङ्टन कलेजमा आयोजित ३० दिने स्टक सिमुलेसन प्रतियोगिता सम्पन्न
काठमाडौँ। सन सेक्युरिटिज प्रालिले मनीमेज आइस्लिङ्टन कम्युनिटीको सहकार्यमा आइस्लिङ्टन कलेजका विद्यार्र्थीहरूका लागि आयोजना गरेको ३० दिने स्टक सिमुलेसन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। भदौ ८ देखि सुरु भएको उक्त प्रतियोगिता ३० दिनसम्म सञ्चालन भएको थियो।
विद्यार्थीहरूलाई शेयर बजारको व्यावहारिक अनुभव प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामार्फत सहभागीहरूले सिमुलेसन प्लेटफर्ममा शेयर खरिद तथा बिक्री गर्दै बजारको गतिशीलता, लगानी निर्णय, जोखिम व्यवस्थापन तथा पोर्टफोलियो व्यवस्थापनसम्बन्धी ज्ञान हासिल गर्ने अवसर प्राप्त गरेका थिए।
प्रतियोगिताको अवधिभर विद्यार्थीहरूले बजारका गतिविधि तथा कम्पनीहरूको प्रदर्शनलाई विश्लेषण गर्दै विभिन्न लगानी तथा कारोबारसम्बन्धी निर्णयहरू लिएका थिए। यसले विद्यार्थीहरूमा शेयर बजारप्रतिको व्यावहारिक बुझाइ विकास गर्न तथा सैद्धान्तिक ज्ञानलाई व्यवहारिक अभ्याससँग जोड्न महत्वपूर्ण भूमिका खेलेको थियो।
प्रतियोगिताको अन्तिम नतिजाअनुसार अछुर्णा काफ्लेले उत्कृष्ट प्रदर्शन गर्दै टुर्नामेन्ट विनरको उपाधि हासिल गरेका छन । विजेता काफ्लेले रु २५,००० नगद पुरस्कार प्राप्त गरेका छन । त्यस्तै,अरुण भण्डारीले फर्स्ट रनर-अप हुँदै रु १५,००० नगद पुरस्कार प्राप्त गरेका छन भने सोनु कुमारले दोस्रो रनर-अपको स्थान हासिल गर्दै रु. १०,००० नगद पुरस्कार प्राप्त गरेका छन्।
युवा पुस्तामा वित्तीय साक्षरता, लगानीसम्बन्धी ज्ञान तथा पूँजी बजारप्रतिको व्यावहारिक बुझाइ अभिवृद्धि गर्ने उद्देश्यअनुरूप सन सेक्युरिटिज प्रा.लि. ले यस्ता शैक्षिक तथा व्यावहारिक कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको छ । स्टक सिमुलेसनजस्ता कार्यक्रमले विद्यार्र्थीहरूलाई वास्तविक रकम लगानी नगरी बजारको व्यवहार बुझ्न, लगानी रणनीति बनाउन तथा निर्णय क्षमता विकास गर्न सहयोग पुर्याउने विश्वास लिइएको छ।
सन सेक्युरिटिज प्रालिले प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई धन्यवाद दिँदै विजेता अछुर्णा काफ्ले, प्रथम उपविजेता अरुण भण्डारी तथा द्वितीय उपविजेता सोनु कुमारलाई हार्दिक बधाई व्यक्त गरिएको छ।
साथै, प्रतियोगितालाई सफल बनाउन सहकार्य तथा सहयोग प्रदान गरेको आइस्लिङ्टन कलेज र मनीमेज आइस्लिङ्टन कम्युनिटीप्रति सन सेक्युरिटिज प्रा.लि.ले आभार व्यक्त गरेको छ।
सन सेक्युरिटिज प्रालिले आगामी दिनमा पनि विद्यार्थी तथा युवा पुस्तालाई लक्षित गर्दै वित्तीय साक्षरता, पूँजी बजार शिक्षा तथा व्यावहारिक लगानी ज्ञान अभिवृद्धि गर्ने विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

















