बुधबार फेरि सुस्तायो सेयर बजार, नेप्से ६.३८ अंकले घट्दा वाणिज्य बैंकबाहेक सबै समूह राताम्य
काठमाडाैं । बुधबार सेयर बजार फेरि गिरावट आएको छ । दुई कारोबार दिनपछि हिजाे मंगलबार ११.९६ अंकले बडेकाे नेपाल स्टक एकसचेञ्ज नेप्से परिसूचक आज फेरि ६.३८ अंकले घटेर २५ सय ७२ दशमलव ३४ बिन्दुमा झरेकाे छ।
बाणिज्य बैंक बाहेक यसदिन १२ वटै समुहका उपसूचकहरू घटेका छन् । आज सर्वाधिक व्यापार १.३८ प्रतिशतले घटेकाे छ।
आज १६७ वटा कम्पनीको शेयर घटेकाे छ भने १०० वटाको बढेको छ । यस्तै १२ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
नेप्से घटेपनि यसदिन काराेबारमा भने सुधार देखिएकाे छ। आज ३५९ वटा कम्पनीको १ कराेड ३ लाख ६८८ हजार कित्ता शेयर ३ अर्ब ४७ करोड ८० लाख ८० हजार रुपैयाँमा किनबेच भएको छ ।
हिजाे ३५९ वटा कम्पनीको ८९ लाख ५५ हजार कित्ता शेयर ३ अर्ब १३ करोड रुपैयाँमा किनबेच भएको थियाे ।

















