आज पनि बढ्यो सुनको भाउ, चाँदी भने सस्तियो
काठमाडौं । बिहिबार पनि नेपाली बजारमा सुनको मूल्यमा बढेको छ। हिजो तोलामा ८०० रुपैयाँ बढेको सुनको भाउ आज पनि प्रतिताेला ५०० रूपैयाँले बढेकाे हाे।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
हिजाे छापावाल सुन प्रतिताेला प्रतितोला २ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएकाे थियाे।
यता आज चाँदीकाे मूल्य भने ताेलामा ३५ रूपैयाँ घेकाे छ। हिजाे प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भएकाे चाँदी आज ४ हजार ३९० रूपैयाँ ताेकिएकाे छ।
















