२३ आश्विन २०८३, शुक्रबार

दशैंमा घर फर्किने यात्रुका लागि अग्रिम टिकट बुकिङ सुरु, नयाँ बसपार्कमा बिहानैदेखि भीड



काठमाडौं। वडा दशैं नजिकिँदै गर्दा काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको चाप बढ्न थालेको छ। दशैंलाई लक्षित गर्दै लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ आजदेखि सुरु भएपछि टिकट काट्ने यात्रुको भीड देखिएको हो।

दशैं मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो गृहजिल्ला फर्किने सर्वसाधारण बिहानैदेखि नयाँ बसपार्क पुग्न थालेका छन्। अग्रिम टिकट बुकिङ खुल्नुअघि नै रातिदेखि यात्रुहरू टिकट लिन लाइनमा बसेका थिए।

दशैंका बेला सार्वजनिक यातायातमा यात्रुको चाप अत्यधिक हुने भएकाले सम्भावित असहजताबाट बच्न र आफ्नो यात्रा सुनिश्चित गर्न यात्रुहरूले समयमै टिकट लिन थालेका हुन्।

अग्रिम बुकिङ सुरु भएसँगै नयाँ बसपार्क क्षेत्रमा चहलपहल थप बढेको छ।