आइसिएफसी फाइनान्सको कामु सीईओको जिम्मेवारी अमित श्रेष्ठलाई
काठमाडौं । आइसिएफसी फाइनान्स लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी अमित श्रेष्ठले पाएका छन् ।
असोज २३ गते बसेको कम्पनी सञ्चालक समितिकाे ३७७औँ बैठकले श्रेष्ठलाई असोज २५ गतेदेखि लागू हुने गरी कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेकाे हाे ।
प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तको कार्यकाल असोज २४ गते सकिएपछि श्रेष्ठलाई नयाँ जिम्मेवारी दिइएको हो ।

















