२६ आश्विन २०८३, सोमबार

साताको पहिलो दिन नेप्से ४ अंकले बढ्यो, साढे ४ अर्बको सेयर कारोबार



काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार पनि सेयर बजारमा झिनो सुधार देखिएको छ। अघिल्लो कारोबार दिन गत शुक्रबार २.३१ अंकले बढेको सेयर बजार मापक नेप्से परिसूचक आज ४ अंकधले बढेर २५ सय ९५ दशमलव ८१ बिन्दुमा रोकिएको छ।

नेप्सेसँगै यसदिन कारोबारमा पनि सुधार देखिएको छ। आज ३५४ वटा कम्पनीको १ करोड २७ लाख १९ हजार ७३४ हजार कित्ता शेयर ४ अर्ब ४६ करोड ५२ लाख ४६ हजार रुपैयाँमा किनबेच भएको छ ।

गत शुक्रबार ३५४ वटा कम्पनीको १ करोड १२ लाख ३३ हजार ६३६ हजार कित्ता शेयर ३ अर्ब ९३ करोड ५ लाख ६० हजार रुपैयाँमा किनबेच भएको थियो ।

जीवन बीमा, फाइनान्स, विकास बैंक समुहका उपसूचक बढेकोमा व्यापार १.०२ र बाणिज्य बैंक समुहको उपसूचक १.०१ प्रतिशतले बढेको छ। बाँकी सबै एपसूचकहरु घटेका छन् ।

आज १०५ वटा कम्पनीको शेयर बढेको छ भने १६५ वटाको घटेको छ । यस्तै ७ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज धौलागिरी लघुवित्तको सेयर मूल्य सर्वाधिक १४.९९ र स्नो रिभर्स लिमिटेडको सेयर मूल्य १३.९२ प्रतिशत बढेको छ भने रिज लाइन इनर्जीको सेयर मूल्य सर्वाधिक ६.२९ प्रतिशत घटेको छ।