१ कार्तिक २०८३, शनिबार

हिमालयन डिस्टिलरीले बजारमा ल्यायो ‘श्लोक हिमालयन प्रिमियम ट्रिपल एक्स रम’



काठमाडौँ। हिमालयन डिस्टिलरी लिमिटेडले ‘श्लोक हिमालयन प्रिमियम ट्रिपल एक्स रम’ बजारमा ल्याएको छ। यससँगै कम्पनीले श्लोक ब्रान्डलाई प्रिमियम रम श्रेणीमा विस्तार गरेको छ। यो नयाँ उत्पादन ब्रान्डको कालजयी दर्शन “हरेक थोपाले एउटा कथा भन्छ” भन्ने अवधारणामा आधारित छ।

कविता र साहित्यमा आधारित ज्ञान र बुद्धिको श्लोकबाट प्रेरित यस नयाँ रमले यही कालजयी भावनालाई समृद्ध, पूर्ण स्वादयुक्त र न्यानोपन प्रदान गर्ने विशेषताका साथ प्रस्तुत गर्दछ।

श्लोक हिमालयन प्रिमियम ट्रिपल एक्स रममा मोलासेसको समृद्ध विशेषतासँगै भ्यानिला, गाढा क्यारामेल, टोस्टेड ओक, सुकाइएका फलफूल र न्यानो मसालाका स्वादहरू पाइन्छन्, जसले सहज र लामो समयसम्म रहने स्वाद प्रदान गर्दछ। छनोट गरिएका फलफूल र मसालाले यसको विशिष्ट सुगन्ध र स्वादलाई थप विशेष बनाउँछन्।

यो रम वास्तविक प्राकृतिक मुहानको चिसो पानी प्रयोग गरी तयार गरिएको हो र अन्तर्राष्ट्रिय रम मापदण्डहरू पूरा गर्ने गरी उत्पादन गरिएको छ। यसले गुणस्तर र नेपाली उत्पादनको विशिष्टतालाई एकसाथ प्रस्तुत गर्दछ।

श्लोक रम आकर्षक बोतल, प्रिमियम बेलनाकार क्यानिस्टर र विशिष्ट क्याप्सुल क्यापसहित प्रस्तुत गरिएको छ। यो ७५० मिलिलिटर, १८० मिलिलिटर र ९० मिलिलिटरका प्याक साइजमा उपलब्ध छ। ७५० मिलिलिटरको बोतलको मूल्य रु. २,३७५, १८० मिलिलिटरको बोतलको मूल्य रु. ५९५ र ९० मिलिलिटरको बोतलको मूल्य रु. ३०० रहेको छ।

श्लोक हिमालयन प्रिमियम ट्रिपल एक्स रम सिधै वा तातो पानी, मह र कागतीसँग मिसाएर सेवन गर्न सकिन्छ। शान्त साँझ, सामाजिक जमघट र खानपानका अवसरहरूका लागि उपयुक्त विकल्प हुने कम्पनीले जनएकाे छ।