भगवती कम्पोजिट इण्डष्ट्रिजको १० प्रतिशत बोनस सेयर पारित
भरतपुर। भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडको दोस्रो वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
चितवनको भरतपुर ७. कृष्णपुरस्थित होटल पौवामा सोमबार सम्पन्न सभाले कम्पनीको जारी पुँजी ४२ करोड रुपैयाँबाट बढाएर ७५ करोड रुपैयाँ पुयाउने र बोनस सेयर वितरणपछि २० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण अनुमोदन गर्नुका साथै आगामी आर्थिक वर्षक लागि लेखापरीक्षक नियुक्ति र सञ्चालक समितिका सदस्यहरूको नियुक्ति अनुमोदन गरेको छ ।
कम्पनीले आवश्यक कानुनी प्रक्रिया तथा नियामकीय स्वीकृति पूरा गरी आईपीओ निष्कासन प्रक्रिया अघि बढाउ जनाएको छ। कम्पनीले डब्लुपिसी ढोका फ्रेम, वाल प्यानल तथा फाइबरजन्य सामग्री उत्पादन गर्दै आएको छ ।

















