नेपाल एसबीआई बैंकद्वारा ८.२५ प्रतिशत लाभांश घोषणा
नेपाल एसबीआई बैंक लिमिटेडले सेयरधनीलाई बाँड्ने लाभांश घोषणा गरेको छ।
कात्तिक २७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरण योग्य नाफाबाट ८.२५ प्रतिशत लाभांश बाड्ने घोषणा गरेको हो ।
जसअनुसार सेयरधनीले ३.४० प्रतिशत बोनस सेयर तथा ४.८५ प्रतिशत नगद लाभांश पाउनेछन्।
प्रस्तावित लाभांश ३३औँ वार्षिक साधारणसभामा पेस गर्न नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय उक्त बैठकले गरेको बैंकले जनाएको छ।















