नेपाल-इटाली चेम्बर अफ कमर्सका अध्यक्ष अग्रवालद्धारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्रान्डको उद्घघाटन
काठमाडौँ । नेपाल–इटाली चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जय अग्रवालले यही असोज २५ गते ललितपुरको सानेपामा इटालियन शैलीबाट प्रेरित प्रिमियम जेलाटो ब्रान्ड ‘नट्स एन्ड स्कूप’ को उद्घाटन गरेका छन् । उनी उद्घघाटन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
मोनिका टापरिया र विपिन अटलद्वारा स्थापित ‘नट्स एन्ड स्कूप’ ले इटालियन जेलाटो बनाउने परम्परागत सीप र शैलीबाट प्रेरित स्वादलाई नेपाली बजारमा भित्राएको छ ।
बीस भन्दा बढी स्वादका जेलाटो व्यावसायिक जेलाटो निर्माणका लागि प्रयोग गरिने इटालियन उपकरण, उच्च गुणस्तरका कच्चा पदार्थ र इटालीस्थित जेलाटो युनिभर्सिटीबाट विशेष तालिम प्राप्त संस्थापकहरूको अनुसन्धान, नवप्रवर्तन र गुणस्तरप्रतिको प्रतिबद्धता झल्काउँछ ।
उद्घघाटन समारोहमा बोल्दै अध्यक्ष अग्रवालले यस उद्यमशील पहलको प्रशंसा गर्दै नेपाल र इटालीबीच परम्परागत व्यापारभन्दा बाहिर पनि सहकार्यका सम्भावना विस्तार हुँदै गएको बताए ।
नेपाल–इटाली चेम्बर अफ कमर्श (एनआईसीसीआइ) का अध्यक्षका रूपमा अग्रवालले नेपाल र इटालीबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन व्यापार, लगानी, व्यावसायिक साझेदारी, पर्यटन तथा सांस्कृतिक आदानप्रदान प्रवद्र्धनमा जोड दिँदै आएका छन् । उनले अन्तर्राष्ट्रिय विशेषज्ञता, सीप र नवप्रवर्तनलाई नेपालमा भित्राउने तथा र दुई देशका नागरिकबीचको सम्बन्ध विस्तार गर्ने उद्यमहरूलाई प्रोत्साहन गर्नुपर्ने बताए ।
‘नट्स एन्ड स्कूप’ को सुरुवात इटालियन पाक परम्परा र विशेषज्ञताले नेपालमा उद्यमशीलतालाई कसरी प्रेरित गर्न सक्छ भन्ने उदाहरणका रूपमा रहेको छ । यसले दुई देशबीच सांस्कृतिक आदानप्रदानलाई प्रवद्र्धन गर्नुका साथै आपसी सम्बन्धलाई थप प्रगाढ बनाउन योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
संस्थापकहरूले नवप्रवर्तन, ग्राहकको प्रतिक्रिया र इटालीमा थप व्यावसायिक तालिममार्फत आफ्ना उत्पादन तथा सेवालाई निरन्तर परिष्कृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । उद्घघाटनको दिन २०० भन्दा बढी ग्राहकले ब्रान्डको आउटलेट भ्रमण गरेको संस्थापकहरूले जानकारी दिएका छन् ।
सानेपाबाट आफ्नो सेवा सुरु गरेको ‘नट्स एन्ड स्कूप’ ले नेपालमा प्रिमियम जेलाटो गन्तव्यका रूपमा स्थापित हुने लक्ष्य राखेको छ । इटालियन पाककला र शिल्पकौशलको अनुभव नेपाली उपभोक्तामाझ पु¥याउँदै उद्यमशीलता तथा अन्तर सांस्कृतिक सहकार्यलाई प्रोत्साहन गर्नु ब्रान्डको उद्देश्य रहेको छ ।

















