२७ आश्विन २०८३, मंगलबार

माउन्टेन इनर्जी नेपालले २१ प्रतिशत लाभांश वितरण गर्ने, साधारणसभा कहिले?



काठमाडौं । माउन्टेन इनर्जी नेपालले शेयरधनीहरुलाई वितरण गर्ने घाेषणा गरेकाे छ।

सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ काे मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल २१.०५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५२६३ प्रतिशत नगद लाभांश छन्।

कात्तिक २० गते १३ औँ वार्षिक साधारणसभा याे प्रस्तावित लाभांश अनुमोदन गरिनेछ।

लाभांश र साधारणसभा प्रयोजनार्थ कम्पनीले कात्तिक १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक १० गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।