२८ आश्विन २०८३, बुधबार

लक्ष्मी सनराइज बैंकको सीईओमा भट्टराई नियुक्त



काठमाडौं। लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सुमेद भट्टराई नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको बैठकले उनलाई आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

नवनियुक्त सीईओ भट्टराईको कार्यकाल आगामी कात्तिक १५ गतेदेखि औपचारिक रूपमा लागू हुने बैंकले जनाएको छ।

उनी हाल बैंककै सिनियर डेपुटी सीइओ र चिफ क्रेडिट अफिसरको रुपमा कार्यरत छन् ।