२९ आश्विन २०८३, बिहिबार

आज सुन तोलामा २७ सय र चाँदी १०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ काराेबार ?



काठमाडौं । नेपाली बजारमा सुनचाँदीकाे मूल्य लगाता घटेकाे छ। आज सुन सुनकाे भाउ प्रतिताेला २७ सय रुपैयाँले घटेको हो । यसअघि सुनकाे भाउ साेमबार ताेलामा २१०० र मंगलबार २२०० रूपैयाँले घटेकाे थियाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २ लाख ८९ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको भाउ आज पनि ताेलामा १०० रूपेयाँले घटेको छ । यससँगै आज चाँदी ४ हजार २५५ रुपैयाँ कायम भएको छ।

हिजो ताेलामा ६० रुपैयाँ घटेर चाँदी ४ हजार ३५५ रुपैयाँमै कारोबार भएको थियो।