२८ आश्विन २०८३, बुधबार

मुक्तिनाथ विकास बैंकलाई फोनपे अनर्समा तीन विधामा अवार्ड



काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडले फोनपेले आयोजना गरेको सम्मान कार्यक्रममा विकास बैंक समूहअन्तर्गत तीन विधामा अवार्ड प्राप्त गरेको छ। बैंकले मोबाइल एपमार्फत सबैभन्दा धेरै रकम स्थानान्तरण गरेको, मोबाइल एपबाट सबैभन्दा धेरै क्यूआर भुक्तानी कारोबार गरेको तथा क्यूआरमार्फत आबद्ध व्यापारीबाट सबैभन्दा धेरै कारोबार प्राप्त गरेको विधामा अवार्ड जितेको हो।

बैंकले रकम स्थानान्तरणतर्फ उत्कृष्ट कारोबार, क्यूआर भुक्तानीतर्फ उत्कृष्ट कारोबार तथा क्यूआर व्यापारीमार्फत सर्वाधिक कारोबार प्राप्त गरेबापत सम्मान पाएको जनाएको छ। डिजिटल भुक्तानी सेवाको प्रवर्द्धन तथा विस्तारमा पुर्‍याएको योगदानको कदरस्वरूप प्राप्त यी सम्मानले बैंकको डिजिटल बैंकिङ सेवाप्रतिको प्रतिबद्धता झल्काएको छ।

यस उपलब्धिले आगामी दिनमा अझ सहज, सुरक्षित र प्रभावकारी डिजिटल बैंकिङ सेवा प्रदान गर्न थप प्रेरणा मिल्ने विश्वास बैंकले लिएको छ। साथै, बैंकले यस उपलब्धिमा साथ र सहयोग पुर्‍याउने सम्पूर्ण ग्राहक, साझेदार संस्था तथा कर्मचारीप्रति आभार व्यक्त गरेको छ।