लक्ष्मी सन्राइज क्यापिटलको ५.३८ करोड नगद लाभांश पारित
काठमाडौ । लक्ष्मी सनराइज क्यापिटलले आफ्नो १६ औं वार्षिक साधारण सभा आज बिहिवारका दिन लक्ष्मी कम्प्लेक्स हात्तीसार काठमाडौंमा सम्पन्न गरेको छ ।
वार्षिक साधारण सभाले आ.व. २०८२/०८३ को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण सम्बन्धी प्रस्ताव पारित गरियो गरेको हो । आ.व. २०८३/०८४ को लेखापरिक्षण कार्य सम्पन्न गर्न लेखा परिक्षक नियुक्ती गर्ने सम्बन्धमा हाल कायम रहेका लेखा परिक्षक श्री एन.बि.एस.एम एण्ड एशोसिएट्सलाई नै निरन्तरता दिने निर्णय गरियो ।
साथै, आषाढ मसान्त २०८३ को वासलात बमोजिम प्रति शेयर आम्दानी १२.६६ रहेकोमा वितरण योग्य आम्दानी १२.८६७ प्रतिशत मध्येबाट आफ्ना शेयरधनीलाई चुक्ता पुँजीको ११ प्रतिशत अर्थात् रु.५.३८ करोड (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरियो ।
नेपालको पुँजी बजारको इतिहासमा प्रथम पटक शेयर निष्काशन सम्बन्धी मर्चेण्ट बैंकिङ्ग तथा सामुहिक लगानी कोष सम्बन्धी कार्यको शुरुवात गरी तीन दशक भन्दा अधिक समयदेखि यस कम्पनीले नेपालको धितोपत्र बजारको विकास, बिस्तार तथा संस्थागत सुदृढीकरणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।
कम्पनीले करिब ६ अर्ब बराबरको ६ वटा बन्दमुखी म्युचुअल फण्ड र १ वटा खुल्लामुखी म्युचुअल फण्ड गरी करिब ७ अर्ब बराबरको म्युचुअल फण्ड सफलतापुर्वक संचालन गर्दै आएको छ । साथै, विशिष्टीकृत लगानी कोष अन्तर्गत १ अर्ब पुँजी भएको लक्ष्मी सस्टनेवल ईनर्जी फण्डले निर्धारित लक्ष्य अनुरुप पूँजी संकलन गरी दिगो उर्जाका क्षेत्रहरुमा लगानी गर्दै आइरहेकोे छ ।



















