नेपाल टेलिकमकाे एनटी फाइबरमा आकर्षक वाइफाई ६ प्याकेज सार्वजनिक, जडान शुल्क पनि नलाग्ने
काठमाडौं । नेपाल टेलिकमले एफटीटीएच अर्थात फाइबर टु द होम अन्तर्गत एनटी फाइबर प्रयोगकर्ता ग्राहकहरुका लागि वाइफाई ६ मा नयाँ प्याकेज उपलब्ध गराउने भएको छ ।
यस अनुसार इन्डिभिजुअल प्याकेज अर्थात वाइफाई ६ व्यक्तिगत योजना अन्तर्गत वार्षिक इन्टरनेट र टेलिफोन प्याकेज जडान गर्दा १०० एमबीपीएसको प्याकेज ११ हजार ४९९ र १५० एमबीपीएसको प्याकेज रु. १२ हजार ९९९ मा उपलब्ध हुनेछ ।
साथै, २०० एमबीपीएसको प्याकेज रु. १६ हजार ४९९ मा उपलब्ध हुनेछ । वार्षिक ग्राहकहरुका लागि ८०० देखि १००० एमबी मोबाइल डाटा समेत उपलब्ध हुनेछ ।
त्यसैगरी नयाँ प्याकेजको रुपमा ३० एमबीपीएस प्याकेज वार्षिक रु. ४ हजार ९९९ मा उपलब्ध हुनेछ ।
यी सबै प्याकेज प्रयोग गर्न सकिने समयावधि १२ महिना हुनेछ । प्याकेज जडान गर्ने ग्राहकहरुलाई जडान शुल्क (रु. ५००) नलाग्ने व्यवस्था गरिएको छ ।
उल्लिखित अफरहरु २०८३ असोज ३० देखि लागु हुनेछन् ।



















