४ दिनको गिरावटपछि आज तोलामा १७०० रुपैयाँले बढ्यो सुनकाे भाउ, चाँदी पनि महँगियाे
काठमाडाैं । पछिल्लाे ४ दिन लगातार घकाेसुनकाे भाउ शुक्रबार बढेकाे छ। नेपाली बजारमा आज सुनकाे मूल्य ताेलामा १७०० रूपैयाँ बढेकाे हाे ।
यसअघि सोमबार तोलामा २,१०० रुपैयाँ, मंगलबार २,२०० रुपैयाँ, बुधबार २,७०० रुपैयाँ र बिहिबार ताेलामा ११०० रूपैयाँले घटेकाे थियाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार १०० रुपैयाँ ताेकिएकाे छ।
हिजाे छापावाल सुन प्रतिताेला २ लाख ८८ हजार ४ सय रुपैयाँमा किनबेच भएकाे थियाे ।
यस्तै आज चाँदीको भाउ पनि ताेलामा ११५ रुपैयाँले बढेको छ । हिजो प्रतिताेला ४ हजार ३५ रुपैयाँमै कारोबार भएको चाँदी आज ४ हजार १५० रुपैयाँ ताेकिएकाे छ।

















