३० आश्विन २०८३, शुक्रबार

दशैँअघिको अन्तिम कारोबारमा बजार हरियाली, नेप्से २६३४ बिन्दुमा पुग्यो



काठमाडाैं। साताकाे अन्ति काराेबार दिन शुक्रबार पनि सेयर बजार बढेर बन्द भएकाे छ। यस साता लगातार बढेकाे सेयर बजार मापक नेप्से परिसूचक आज ८.२३ अंकले बढेर २६ सय ३४ दशमलव १७ बिन्दुमा पुगेकाे छ।

बडादशैँको सार्वजनिक बिदाका कारण आगामी साता सेयर कारोबार पूर्ण रूपमा बन्द रहने छ भने कात्तिक ९ गतेदेखि पुनः नियमित कारोबारका लागि खुल्नेछ।

नेप्सेसँगै यसदिन काराेबार पनि बढेकाे छ। आज ३४८ वटा कम्पनीको १ करोड ३३ लाख ७६ हजार ४८९ कित्ता शेयर ४ अर्ब ८८ करोड ८९ हजार रुपैयाँमा किनबेच भएको छ ।

हिजाे ३४९ वटा कम्पनीको १ करोड ३६ लाख २४ हजार ४०७ कित्ता शेयर ४ अर्ब ७१ करोड ७० लाख २८ हजार रुपैयाँमा किनबेच भएको थियाे ।

आज फाइनान्स, लगानी, निर्जीवन बीमा, अन्य र व्यापार समुहका उपसूचक घटेका छन् भने बाँकी सबै उपसूचकहरू बढेका छन् ।

आज १७४ वटा कम्पनीको शेयर बढेको छ भने ९१ वटाको घटेको छ । यस्तै १२ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज चिरख्वा हाइड्रोपावर लिमिटेडकाे सेयर मूल्य १४.८२ प्रतिशत र बेनी हाइड्राेपावरकाे सेयर मूल्य १२.४६ प्रतिशतले बढेकाे छ।