बीमा दाबी भुक्तानीमा एग्रेसिभ बन्यो सलिको, रसुवा बाढीको क्षतिको २६ करोड बढी भुक्तानी
काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले रसुवा बाढीले क्षति पु¥याएको आफ्ना बीमितहरूलाई २६ करोड ९ लाख भन्दा बढी बीमा बापतको दाबी भुक्तानी गरेको छ ।
सलिकोले बाढी प्रभावित क्षेत्रका व्यवसायीलाई सहयोग पुगोस् भनेर कुल २६ करोड नौ लाख बाइस हजार २ सय ३४ ?पैयाँ ७५ पैसा बीमा दाबी बापतको भुक्तानी गरेको हो । कम्पनीले सो रकम असोज २९ गतेसम्म भुक्तानी दिएको हो ।
बीमा गरेपछि दाबी पनि सरल हुनुपर्छ भन्ने मान्याताका साथ सलिकोले प्रभावित क्षेत्रका बीमितहरूलाई आर्थिक राहत प्रदान गर्ने तथा क्षतिको आर्थिक भार न्यूनीकरण गर्न सहयोग गरेको हो ।
सलिकोको २३ करोड पाँच लाख उनन्चालिस हजार सात सय ८२ ?पैयाँ अग्रिम भुक्तानी गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री रिपोर्ट आउने बित्तिकै सबै दाबीको यथाशक्य भुक्तानी गर्ने बताए । उनले बाढी प्रभावित क्षेत्रमा सर्वेयर समयमै खटाइएको र रिपोर्ट आएपछि द्रुत गतिमा भुक्तानी हुने अर्थपथसंग बताए ।
बाढीले सलिकोमा करिब १ अर्ब ९० करोड दाबी परेको पनि क्षेत्रीले बताए । कम्पनीले दाबीको तिन करोड ३ लाख बयासी हजार ४ सय ५२ ?पैयाँ बराबरको बीमा दाबी भुक्तानी गरिसकेको छ ।
दाबी भुक्तानी प्रक्रियालाई थप सहज, प्रभावकारी र छिटो बनाउन कम्पनीले सम्बन्धित बीमित तथा सेवाग्राहीहरूलाई आवश्यक कागजात यथाशीघ्र उपलब्ध गराउन अनुरोध गरेको छ । आवश्यक कागजात समयमै प्राप्त भएमा दाबी मूल्याङ्कन तथा भुक्तानी प्रक्रियालाई तीव्रता दिन सहयोग पुग्ने कम्पनीले जनाएको छ ।
प्राकृतिक विपद्का कारण व्यवसाय, सम्पत्ति तथा जनजीवनमा पर्न सक्ने आर्थिक प्रभावलाई न्यूनीकरण गर्न बीमा क्षेत्रको भूमिका महत्त्वपूर्ण रहन्छ ।

















