३ कार्तिक २०८३, मंगलबार

सर्वसाधारणका लागि खुल्याे तलेजु भवानीको मन्दिर, बेलुकी ६ बजेसम्म दर्शन गर्न पाउने



काठमाडौं । वर्षमा एक दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिर आज सर्वसाधारणका लागि खुलेकाे छ।आज कात्तिक ३ गते मङ्गलबार बिहान ५ बजेदेखि खुलेकाे मन्दिरमा बिहानैदेखि भक्तजनहरुकाे लाइन छ।

विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर आज कात्तिक ३ गते मङ्गलबार बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म मन्दिरमा पूजा तथा दर्शनको व्यवस्था मिलाइएको छ।

प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने तलेजु भवानी मन्दिरमा हजारौँ भक्तजनको भीड लाग्ने गर्छ ।