नेप्सेमा झिनाे सुधार, कारोबार रकम भने ५ अर्ब ७९ करोड नाघ्यो
काठमाडाैं। मंगलबार सेयर बजारमा झिनाे सुधार देखिएकाे छ। आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ०.९४ अंकले बढेर २६ सय ३० दशमलव ७६ बिन्दुमा अडिएकाे छ।
उत्पादन तथा प्रशाेधन, म्युच्युअल फण्ड र अन्य समुहकाे उपसूचक बढ्दा जलविद्युय समुहकाे उपसूचक १.६५ प्रतिशत बढेकाे छ। बाँकी सबै उपसूचकहरू घटेका छन् ।
नेप्सेसँगै यसदिन काराेबार पनि बढेकाे छ। आज ३६० वटा कम्पनीको १ करोड ३३ लाख ४६ हजार २२६ कित्ता शेयर ५ अर्ब ७९ कराेड ९३ लाख ३० हजार रुपैयाँमा किनबेच भएको छ ।
हिजाे ३४१ वटा कम्पनीको १ करोड ३ लाख ४३ हजार ७०९ कित्ता शेयर ४ अर्ब २४ लाख २१ हजार रुपैयाँमा किनबेच भएको थियाे ।
आज १३५ वटा कम्पनीको शेयर बढेको छ भने १३६ वटाको घटेको छ । यस्तै ८ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
यसदिन बेनी हाइड्राेपावर प्राेजेक्ट लिमिटेडकाे सेयर मूल्य सर्वाधिक १४.९९ र माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडकाे सेयर मूल्य १२.०९ प्रतिशतले बढेकाे छ।















