एकैदिन ८ हजार ३०० रूपैयाँ घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
काठमाडौं । आइतबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। अघिल्लो कारोबार दिन तोलामा ३ हजार २०० रूपैयाँ घटेको सुनको भाउ आज एकैदिन ८ हजार ३०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा झरेको छ। गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियाे।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ घटेको छ। शुक्रबार तोलामा ३ हजार ८ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी आइबार ३ हजार ६ सय ५० रूपैयाँ तोकिएको छ।















