सेयर बजारमा सामान्य सुधार: २.६४ अंकले बढेर २६५५ विन्दुमा अडियाे नेप्से
काठमाडाैं। साताकाे अन्तिम काराेबार दिन सेयर बजारमा सामान्य सुधार देखिएकाे छ। हिजाे १२.९५ अंकले घटेकाे सेय बजार मापक नेप्से परिसूचक आज २.६४ अंकले बढेर २६ सय ५५ दशमलव २२ बिन्दुमा राेकिएकाे छ।
नेप्से बढे पनि आज काराेबार रकम भने घटेकाे छ।आज ३३६ वटा कम्पनीको १ करोड ७ लाख १३ हजार ८४२ कित्ता शेयर ३ अर्ब ४६ करोड २० लाख ५९ हजार रुपैयाँमा किनबेच भएको छ ।
हिजाे ३४९ वटा कम्पनीको १ करोड २३ लाख ७३ हजार ८४१ कित्ता शेयर ४ अर्ब ७२ करोड २२ लाख ३६ हजार रुपैयाँमा किनबेच भएको थियाे ।
आज अन्य समुहकाे उपसूचक बाहेक सबै उपसूक हरिया देखिएका छन्। यसदिन १५८ वटा कम्पनीको शेयर बढेको छ भने १०७ वटाको घटेको छ । यस्तै १४ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
आज सर्वाधिक क्रेष्ट माइक्राे लाइफ यन्स्याेरेन्सकाे सेयर मूल्य १४. ०८ प्रतिशतले बढेकाे छ।















