मञ्जुश्री फाइनान्सको १९औँ वार्षिक साधारणसभा सम्पन्न
काठमाडाैं । मञ्जुश्री फाइनान्स लिमिटेडको १९औँ वार्षिक साधारण सभा २०८३ कार्तिक २० गते, शुक्रबार काठमाडौंको थापागाउँस्थित थापागाउँ ब्याङ्क्वेटमा सफलतापूर्वक सम्पन्न भएको छ।
सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। जसअन्तर्गत १५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) र ५ प्रतिशत बोनस शेयर वितरण गरिनेछ । कम्पनीको यस निर्णयले शेयरधनीहरूलाई प्रतिफल प्रदान गर्नुका साथै संस्थाप्रतिको विश्वास र सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
सभाले ४० करोड बराबरको ८.७५% लाभांश दर कायम गरि मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण हुने गरि अविमोच्य असंचिती अग्राधिकार शेयर नेपाल राष्ट्र बैंक लगायत सम्बन्धित नियमनकारी निकायको स्वीकृति प्राप्त भए पश्चात हुने जारि गरि प्राथमिक पुंजी वृद्धि गर्ने प्रस्ताब पारित गरेको छ । साथै आ.व २०८३/८४ को लागि एन. के. टी. एशोसिएट्स, चार्टर्ड अकाउन्टेन्ट्सलाई सभाले बाहय लेखापरीक्षक नियुक्ति गरेको छ ।
सभामा उपस्थित शेयरधनीहरूले कम्पनीको समग्र व्यावसायिक प्रगति, संस्थागत सुशासन, वित्तीय स्थायित्व तथा भावी योजनाहरूप्रति चासो व्यक्त गर्नुभएको थियो। साथै, कम्पनीले प्रदान गर्न लागेको कुल २० प्रतिशत लाभांशप्रति शेयरधनीहरूले सन्तुष्टि र खुसी व्यक्त गर्नुभएको थियो। शेयरधनीहरूबाट प्राप्त सुझाव, प्रतिक्रिया तथा विश्वासलाई कम्पनीले आगामी दिनमा आफ्नो सेवा प्रवाह र व्यावसायिक रणनीतिलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण मार्गदर्शनका रूपमा लिएको छ।















