हिमालयन क्यापिटलको नवौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडाैं । हिमालयन क्यापिटल लिमिटेडकोे आफ्नो नवौैं वार्षिक साधारण सभा सम्पन्न भएको छ । २० गते शुक्रबार, काठमाडौँमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२÷८३ को सञ्चालक समितिको प्रतिवेदन र वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।
साथै सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम (कर सहित) १५ प्रतिशत नगद लाभांश वितरणको स्वीकृति पनि सभा मार्फत पारित गरिएको छ ।
कार्यक्रममा आर्थिक वर्ष २०८२÷८३ का उपलब्धिहरूको समीक्षा गर्दै सभाका अध्यक्षले संस्थाका भावी योजनाहरु बारे मन्थन गरी संस्थाका शेयरधनीहरु, ग्राहक महानुभावहरु र सरोकारवालाहरुलाई वहाँहरुको निरन्तर साथ र सहयोगको लागी हार्दिक आभार व्यक्त गरे।
हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिङ्ग सेवा अन्तर्गत निक्षेप सदस्य, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्रि प्रबन्धक, लगानी व्यवस्थापन, कोष व्यवस्थापक तथा डिपोजिटरी र संस्थागत परामर्श सेवाहरु ग्राहकहरुलाई प्रदान गर्दै आइरहेको छ ।















