गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सव, देशका ९ स्थानबाट ७१३ युनिट रगत संकलन
काठमाडौं । गरिमा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा बृहत् रक्तदान कार्यक्रम सहित विविध संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ ।
प्रत्येक वर्ष वार्षिकोत्सवको अवसरमा रक्तदान तथा विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू आयोजना गर्दै आएको विकास बैंकले यस वर्ष पनि सो कार्यलाई निरन्तरता दिँदै आज मङ्सिर ७ गते देशका विभिन्न स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
बैंकले केन्द्रीय कार्यालय रहेको भवन काठमाडौंको बालुवाटार सहित सुनसरीको इटहरी, धनुषाको जनकपुर, चितवनको नारायणगढ, स्याङ्जाको वालिङ, कास्कीको पोखरा, म्याग्दीको बेनी, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा आयोजना गरेको रक्तदान कार्यक्रमहरूबाट कुल ७१३ युनिट रगत संकलन भएको छ । रगतको आवश्यकता परेका बिरामीहरूको उपचारमा सहयोग पुग्ने विश्वास विकास बैंकले लिएको छ ।
बैंकले २०औँ वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने ९ वटा शाखा कार्यालयहरुलाई पुरस्कृत समेत गरेको छ । वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने शाखा कार्यालयहरुका शाखा प्रमुखहरुलाई नगद पुरस्कार र टोकन अफ एप्रिसिएसनबाट सम्मानित गरेको हो ।
त्यसैगरी, २०औँ वार्षिकोत्सवकै अवसरमा “स्वस्थ जीवनशैलीका लागि खेलकुद” भन्ने मूल नाराका साथ विकास बैंकले मङ्सिर ५ गते गरिमा रोड रेसको तेस्रो संस्करणसमेत सफलतापूर्वक सम्पन्न गरेको थियो ।
काठमाडौंमा आयोजित उक्त दौड प्रतियोगितामा १,४०० भन्दा बढी धावकहरूको उत्साहजनक सहभागिता रहेको थियो । स्वस्थ जीवनशैली, शारीरिक सक्रियता तथा खेलकुदप्रतिको आकर्षण अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यस प्रतियोगिताले खेलकुदमार्फत सकारात्मक सामाजिक सन्देश प्रवाह गरेको विश्वास विकास बैंकले लिएको छ ।















