एनएमबि बैंकलाई ‘भिजा लिडरसिप कन्क्लेभ’ मा दुई प्रतिष्ठित अवार्ड प्रदान
काठमाडौँ। एनएमबि बैंक लिमिटेडले प्रतिष्ठित भिसा लिडरसिप कन्क्लेभमा दुई महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ। डिजिटल भुक्तानी र ग्राहकमुखी बैंकिङ सेवामा पुर्याएको उत्कृष्ट योगदानको कदर गर्दै बैंकलाई एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन र एक्सिलेन्स इन कन्ज्युमर डेबिट कार्ड्स बिजनेस – प्रिन्सिपल क्लाइन्ट अवार्डबाट सम्मान गरिएको हो।
यस सम्मानले ग्राहकहरूको दैनिक वित्तीय कारोबारलाई अझ सरल, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ आफ्ना डिजिटल सेवाहरूलाई निरन्तर परिष्कृत गर्दै लगेको छ। बैंकलाई प्राप्त यस प्रतिष्ठित सम्मानले डिजिटल बैंकिङको क्षेत्रमा बैंकले चाल्दै आएका नवीनतम पहल र निरन्तर प्रयासहरूलाई थप पुष्टि गरेको छ।
बैंकले आफ्ना भरपर्दो डेबिट कार्ड सेवा र आधुनिक डिजिटल बैंकिङ सेवाहरूमार्फत ग्राहकहरूलाई स्वदेश तथा विदेशमा सहज, छिटो र सुरक्षित रूपमा वित्तीय कारोबार गर्ने सुविधा प्रदान गर्दै आएको छ।
प्रविधिको उच्चतम प्रयोगमार्फत ग्राहक अनुभवलाई उत्कृष्ट बनाउनु बैंकको मुख्य प्राथमिकता रहँदै आएको छ। ग्राहकहरूको अटुट विश्वास र साथकै कारण प्राप्त यस सफलताले आगामी दिनमा अझ उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्न बैंकलाई थप हौसला मिलेको छ।
एनएमबि बैंकले हाल देशभरी १९६ शाखाहरु, १७६ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय बैकिङ्ग सेवा प्रदान गदै आइरहेको छ।















