पिके निर्माण सेवा प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रकाश विश्वकर्मा सम्मानित
काठमाडौँ। पिके निर्माण सेवा प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रकाश विश्वकर्मा आन्तरिक राजश्व कार्यालय तुलसीपुर दाङबाट सम्मानित हुनु भएको छ ।
आन्तरिक राजश्व कार्यालय तुलसीपुर दाङको कार्यक्षेत्र अन्र्तगत आर्थिक वर्ष २०८१/०८२ को आय विवरण अनुसार दोस्रो बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्याएकाले राष्ट्रिय कर दिवसको अवसरमा निर्माण व्यवसायी विश्वकर्मालाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डेले निर्माण व्यवसायी विश्वकर्मालाई सम्मान गरे। यस सम्मानले आफूलाई अझ व्यवसायिक भई पूर्वाधार क्षेत्रमा संलग्न हुन प्रेरणा मिलेको निर्माण व्यवसायी विश्वकर्माले बताएका छन्।















