७ श्रावण २०८३, बिहिबार

कति पाउला त सुपरमाई हाइड्रोपावरको आईपीओले ओपनिङ्ग रेञ्ज ? यस्तो आयो संकेत



काठमाडौं । सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ बाँडफाँट गरि सकेको छ । कम्पनीको आइपीओ ४१ हजार ५ सय जनाले १० कित्ताका दरले प्राप्त गरेका छन् । अब दोस्रो बजारमा कारोबार आउने बेला कम्पनीको ओपन रेज्ज कति हुन्छ भन्ने सबैंमा चासोको विषय बनेको छ ।

पहिलो कारोबारको लागि १३० रुपैयाँ ७६ पैसा देखि ३९२ रुपैयाँ २८ पैसा ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको गत आर्थिक वर्ष २०७८।०७९ को वास्तविका प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ७६ पैसा रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने हुदाँ सो आधारमा ओपन रेञ्ज सो रकम पाउने देखिएको हो ।

कम्पनीले माघ २३ गतेदेखि माघ २६ गतेसम्म सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो । कम्पनीको आइपीओ गोलाप्रथाबाट बाँडफाँट गर्दा कुल ४१ हजार ५ सय जनाले १० कित्ताको दरले पाएका छन् । कम्पनीको आइपीओ फागुन ५ गते बाँडफाट गरेको हो । । कम्पनीको आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्