जीवन विकास लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ? « Arthapath.com
८ फाल्गुन २०७९, सोमबार

जीवन विकास लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?



काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन ६ गते शनिवार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश वितरणको घोषणा गरेको हो ।

कम्पनीले आफ्ना सेयरधनीहरुलाई २८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ९.३६८४ नगद लाभांश वितरण गर्ने भएको हो ।

सो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्