जगदम्बा स्टील्सको साधारण सभा चैत १ गते, प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने मुख्य एजेण्डा
काठमाडौं । जगदम्बा स्टील्सले वार्षिक साधारण सभा चैत १ गतेका लागि बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल, काठमाडौंमा बिहान ११ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।
कम्पनीको सभाले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने पारित गर्ने मुख्य एजेण्डा बनाएको छ । साथै, सभामा बोनस सेयर प्रस्ताव पारित गर्ने र अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पनि पेश हुनेछ ।
कम्पनीले सभामार्फत बैंक ऋण अनुमोदन तथा स्वीकृत गर्ने, स्वतन्त्र संचालक नियुक्त गर्ने, संस्थापक सेयरधनी समूहबाट सञ्चालकहरुको निर्वाचन गर्ने छ ।













