१० श्रावण २०८३, आइतबार

‘नागरिकका जीवन तथा सम्पत्तिको बीमा गरी आर्थिक सुरक्षण गर्ने व्यवस्था गर्नुपर्छ’

‘नागरिकका जीवन तथा सम्पत्तिको बीमा गरी आर्थिक सुरक्षण गर्ने व्यवस्था गर्नुपर्छ’



काठमाडौं । नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारीले बीमा सम्बन्धी नीति तथा कार्यक्रम ल्याएर नागरिककाको जीवन तथा सम्पत्तिको बीमा गरी आर्थिक व्यवस्था गर्ने र नगरपालिकासँग आग्रह गरेका छन् ।

नेपाल बीमा प्राधिकरणको आयोजनामा फागुन ९ गते गण्डकी प्रदेशको लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिकामा बीमासम्बन्धी कार्यक्रममा उनले यस्तो बताएका हुन ।

कार्यक्रममा प्रमुख अतिर्थि सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्ण प्रसाद कोइरालाले विद्यालयका पाठ्यक्रम तयार गर्दा बीमाको विषयलाई समावेश गर्न नगरपालिकाले पहल गर्ने जानकारी दिएका छन् । प्रमुख कोइरालाले बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका लागि बीमा कम्पनीहरु पनि अग्रसर हुनुपर्ने आवश्यकता प्रष्ट्र सुन्दरबजार नगरपालिकाका उपप्रमुख भवानी के.सी. ले नगरपालिकाको आगामी नीति तथा कार्यक्रममा बीमालाई समेत समावेश गर्ने भएका छन् ।

नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक लोक प्रसाद काफ्लेले संचालन गर्नुभएको कार्यक्रममा नगरपालिकाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र कर्मचारी,जिल्लास्थितबीमा, बैंक तथावित्तीय संस्थाकाप्रतिनिधि, बीमाअभिकर्ता, कृषक र संचारकर्मीहरु लगायतको सहभागिता रहेको थियो ।