हिमालयन र सिभिल बैंकको आजदेखि एकीकृत कारोबार सुरु, कुल पुँजी ३४ अर्ब पुग्यो « Arthapath.com
२२ असार २०८२, आईतबार

हिमालयन र सिभिल बैंकको आजदेखि एकीकृत कारोबार सुरु, कुल पुँजी ३४ अर्ब पुग्यो



काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकले आजदेखि एकीकृत कारोबार सुरु हुने भएको छ । हिमालयनले आजदेखि सिभिल बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंकले फागुन ५ गते सिभिल बैंकलाई प्राप्ति (एक्विजिशन) गरी गरेर ‘हिमालयन बैंक लिमिटेड’ को नाममा एकिकृत कारोबार गर्न स्वीकृति दिइसकेको छ । बैंकको कार्यालय हाल हिमालयन बैंकको रजिष्टर्ड कार्यालय रहेको स्थान कमलादी, काठमाडौंमा रहनेछ ।

यी दुवै बैंकबीच १ः८०.२८ स्वाप रेसियामा मर्जरमा जाने सहमति भएको हो । सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीहरुले हिमालयन बैंकको ८० कित्ता सेयर पाउने छन् ।

एकीकृत कारोबार भएसगै बैंकको कुल पुँजी ३४ अर्ब रुपैयाँ, चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ कायम भएको छ । कुल निक्षेप २ खर्ब ७४ अर्ब, कुल कर्जा २ खर्ब ५० अर्ब पुग्ने छ । यस्तै शाखा सञ्जाल १८९ वटा पुग्नेछन् ।


प्रतिक्रिया दिनुहोस्