निफ्राको संचालकमा श्रीकृष्ण नेपाल नियुक्त

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले संचालकमा श्रीकृष्ण नेपाललाई नियुक्त गरेको छ ।
बैंकको संचालक समितिमा नेपाल सरकार अर्थमन्त्रालयको तर्फबाट नेपाललाई मनोनित गरेको हो । यस अघि सो पदमा केदारनाथ शर्मा रहेका थिए ।
हाल संचालक समितिको अध्यक्षमा अनुज अग्रवाल, संस्थापक तर्फबाट संचालक श्रीकृष्ण नेपाल, चन्द्र ढकाल र लालमणी जोशी रहेका छन् भने सर्वसाधारण शेयरधनीको तर्फबाट सुमन पोखरेल र लिमा अधिकारी आचार्य र स्वतन्त्र संचालकमा शंकर प्रसाद अधिकारी रहेका छन् ।