२६ श्रावण २०८३, मंगलबार

पल शाहलाई उच्च अदालतले दियो सफाइ, भोलि नै जेलमुक्त हुने



काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ ।

न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले आइतबार सफाइ दिएको छ । नाबालिग बलात्कार आरोपमा जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उनले रिट दायर गरेका थिए । शाह अब जेलमुक्त भोलि नै हुने छन् ।