आत्मनिर्भर लघुवित्तको आइपीओ पाउन भाग्य कै भर, १०४ गुणा बढीको आवेदन « Arthapath.com
१५ फाल्गुन २०७९, सोमबार

आत्मनिर्भर लघुवित्तको आइपीओ पाउन भाग्य कै भर, १०४ गुणा बढीको आवेदन



काठमाडौं । आत्मनिर्भर लघुवित्तको आइपीओमा १ अर्ब ७८ करोड ८ लाख रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन (फागुन १५ गते) सम्ममा १६ लाख ९ हजार ५८६ जनाले १ करोड ७८ लाख ८ हजार कित्ताका लागि आवेदन दिएका हुन। जुन माग भन्दा १०४.९० गुणा बढी आवेदन हो ।

कम्पनीले फागुन ११ गतेदेखि आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशत ले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको हो । जसअनुसार प्रतिसेयर १ सय अंकित मूल्यमा २ लाख ३ हजार ३८० कित्ता सेयर निष्कासन भएको हो । यसमध्ये १० प्रतिशत अर्थात् २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिसकेको छ ।

यस्तै, जारी पुँजीको ०.५ प्रतिशत अर्थात् ३ हजार ११७ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो । बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले खुला गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्