७ श्रावण २०८३, बिहिबार

तपाइलाई पर्यो त मोलुङ हाइड्रोपावरको आईपीओ ? यसरी हेर्नुहोस् नतिजा



काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीको आइपीओ बिक्री प्रबन्धक सनराइज क्यापिटलमा आज बाँडफाँट गरेको हो ।

आईपिओमा कुल १४ लाख २४ हजार ३ सय ५१ आवेदकबाट १ करोड ५५ लाख ७९ हजार ८ सय कित्ताको आवेदन परेको थियो । जस मध्ये ७ हजार ५ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । योग्य आवेदकको संख्या १४ लाख १७ हजार ३ सय ४६ रहेको छ ।

योग्य रहेका आवेदकलाई गोलाप्रथामा २ लाख २६ हजार ४ सय ६५ जनाले शेयर पाएका छन् । २ लाख २६ हजार ४ सय ६५ जना आवेदक मध्ये ५ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् ।

यी चार तरिकाबाट नतिजा हेर्न सकिन्छ ।

सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटः  iporesult.cdsc.com.np/
बिक्रि प्रबन्धक नराइज क्यापिटलको वेबसाइटः https://www.sunrisecapital.com.np/
सिडीएससीको मेरोशेयरको वेबसाइटः meroshare.cdsc.com.np/#/login
कम्पनीको वेबसाइटः https://molunghydropower.com.np/


प्रतिक्रिया दिनुहोस्