२७ श्रावण २०८३, बुधबार

आसिफको शतक पूरा



काठमाडौं । नेपालका ओपनर आसिफ शेखले आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा पपुवा न्यु गिनी पीएनजीविरुद्ध शतक पूरा गरेका छन् ।

उनले १ सय १ बलमा १० चौका र २ छक्काको सहयोगमा शतक पूरा गरेका छन् ।

यो सँगै नेपालले ३५ ओभरमा १ सय ८६ रन बनाएको छ । नेपालका अर्को ओपनर कुशल भुर्तेल ४४ रनमा अउट भए भने पूर्व कप्तान ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भए । कुशल मल्ल २ रनमा क्याच आउट भएका थिए ।