२७ श्रावण २०८३, बुधबार

कुटुम्ब ब्यान्ड र इन्टरनेसनल साउन्ड सर्भिसद्वारा विद्यार्थीहरुलाई सहयोग



काठमाडौं । वेथानचोक नारायण आधारभुत विद्यालय भ्रेपलान्चोकमा अध्ययनरत विद्यार्थीहरुलाई सांगितिक समुह कुटुम्ब र इन्टरनेसनल साउन्ड सर्भिसले सहयोग गरेको छ ।

११७ विद्यार्थीहरुलाई स्कुल ब्याग तथा स्टेसनरी सामानहरु प्रदान गरेको हो । वडा अध्यक्ष कुबेर ढकालको प्रमुख आतिथ्यतामा कुटुम्ब ब्यान्डको तर्फबाट तबालाबादक पबित महर्जन र इन्टरनेसनल साउन्ड सर्भिसका तर्फबाट सुरेश शाक्यले संयुक्त रुपमा विद्यालयका प्रधानाध्यापक सिताराम लामालाई सामानहरु हस्तान्तरण गरिएको हो । कुटुम्बको स्कुल टु स्कुल कार्यक्रम अन्तर्गत सहयोग सामाग्रीहरु प्रदान गरिएको ब्यान्डका पबित महर्जनले बता एका छन् ।

साथै,आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई अध्ययन सामाग्रीहरु प्रदान गरिएको इन्टरनेसनल साउन्ड सर्भिसका सुरेश शाक्यले बताएका छन् । यस बारेमा बोल्दै विद्यालयका प्रधानाध्यापक सिताराम लामाले भने ,“विद्यार्थीहरुको पठनपाठन सहज बनाउनको लागि उहाँहरुले जुन सहयोग प्रदान गर्नुभएको छ, त्यसले पक्कै पनि सम्बन्धित विद्यार्थीहरुलाई हौसला र प्रेरणा मिलेको बताएका छन् ।