२७ श्रावण २०८३, बुधबार

राष्ट्रपति निर्वाचनमा सुवास नेम्वाङको खर्च १६ हजार ५ सय रुपैयाँ



काठमाडौं । राष्ट्रपतिको उम्मेदवार बनेका एमाले उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति निर्वाचनमा भएको खर्च सार्वजनिक गरेका छन्।

राष्ट्रपतिको उम्मेदवार बन्दा १६ हजार ५ सय रुपैयाँ खर्च भएको विवरण नेम्वाङले निर्वाचन आयोगलाई बुझाएका हुन्। एमाले सांसद महेश बर्तौलामार्फत् नेम्वाङले आयोगलाई बुझाएको विवरणमा प्रचार प्रसार गर्दा १० हजार र मसलन्द शिर्षकमा ६ हजार ५ सय रुपैयाँ खर्च भएको उल्लेख छ।

बिहीबार भएको राष्ट्रपति निर्वाचनमा नेम्वाङ कांग्रेसका रामचन्द्र पौडेलसँग पराजित भएका थिए।