९ श्रावण २०८३, शनिबार

बुधबार एनआइसी एशिया बैकसहित यी कम्पनीको भयो सर्वाधिक कारोबार, कुनको कति कित्ता ?



काठमाडौं । अर्थतन्त्रको अधिकांश सुचकमा सुधार देखिदा पनि त्यसको प्रभाव सेयर बजारमा गरेको छैन । भावि अर्थमन्त्री पूँजी बजार बुझेको आउने हो कि हैन भन्ने अन्यौलले लगानीकर्ता डराएको अवस्था छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.४४ अकंले घटेर १९३८.६२ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५३ कम्पनीको ३७ लाख १६ हजार ६८४ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब २० करोड २१ लाख ४१ हजार ८८२ रुपैयाँको कारोबार भएको छ ।

बुधबार एनआइसी एशिया बैंकको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको १० करोड ३५ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ । कम्पनीको १ लाख ३८ हजार ५९३ कित्ता सेयर किनबेच भएको छ ।

साथै, सानिमा माइ हाइड्रोपावरको २ लाख ३५ हजार ४४० कित्ता सेयर किनबेच हुदाँ ७ करोड १६ लाख रुपैयाँ, नबिल बैंकको ६९ लाख २०९ कित्ता सेय र किनबेच हुदाँ ४ करोड २९ लाख १२ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, शिवम सिमेन्टको ९१ हजार ८२३ कित्ता सेयर किनबेच हुदाँ ४ करोड १ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्