२७ श्रावण २०८३, बुधबार

क्यानको घोषणाः भोलिको टिकट बिक्रीको सबै पैसा खेलाडी कोषमा जम्मा गर्ने



काठमाण्डौ । भोलि (चैत २ गते) हुन गइरहेको नेपाल र यूएईबीचको खेलमा टिकट बिक्रीबापत उठेको सबै पैसा खेलाडी कल्याणकारी कोषमा जम्मा हुने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले भोलि हुने नेपाल र यूएईबीचको खेलका लागि टिकट बिक्रीबाट आउने सबै पैसा कल्याणकारी कोषमा जम्मा गर्ने निर्णय गरेको हो । कल्याणकारी कोषको रकम खेलाडीको हित र अत्यावश्यक काममा खर्च हुने गरेको छ ।

विश्व कप क्रिकेट लिग–२ अन्तर्गत भोलि नेपालले अन्तिम खेलमा यूएईसँग खेल्दैछ । भोलि यूएईलाई हराउन सकेमा नेपाल सिधै विश्व कप क्वालिफायरमा पुग्नेछ ।