७ श्रावण २०८३, बिहिबार

खानी उत्खनन् र रिफाइनरी सेन्टर सञ्चालनका लागि निजी क्षेत्रलाई बाटो खोल्न सरकार तयार: सचिव मरासिनी



काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीले खानी उत्खनन् र रिफाइनरी सेन्टर सञ्चालनमा लागि निजी क्षेत्रलाई बाटो खोल्न सरकार तयार रहेको बताए । उनले खानी उत्खनन् र रिफाइनरी सेन्टर सञ्चालन को कार्य निजी क्षेत्रलाई दिनका लािग आवश्यक कानूनी प्रावधान गर्न तयार रहेको जानकारी गराए ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा आइतवार गएको महासंघको प्रतिनिधीमण्डलसँग कुरागर्दै सचिव मरासिनीले यस्तो बताएका हुन् । उनले निजी क्षेत्रले गर्न चाहेको र गर्न सक्ने काम गर्न बाटो खुल्ला गर्न सरकारले कन्जुस्याइँ नगर्ने बताए ।

‘तपाइँहरुले गर्न सक्ने कामहरु के के हुन्, तीनीहरुलाई सीचवद्ध गरेर प्रश्तान दर्तागर्नुहोस्, त्यसकालागि वाटो खुल्ला गरिदिन हामी सहयोग गर्छौं,’ सचिव मरासिनीले भने ‘निजी क्षेत्रले र्ग सक्ने काम छ भने त्यसकालागि बाटो रोक्नुपर्ने के नै कारण छ र ?’

त्यसक्रममा महासंघका अध्यक्ष शाक्यले विभिन्न किसिमका कानूनी ब्यवधानकाकारण गर्न चाहेर पनि गर्न नसकेका धेरै कामहरु भएको भन्दै विद्यमान कानूनी अड्चनहरु हटाउन आग्रह गरे । उनले बजारको आवश्यकता अनुसार कच्चा पदार्थ आयातको व्यवस्था मिलाउन, सुन आपूर्तिकालागि निजी क्षेत्रलाई पनि बाटो खुल्ला गर्न आग्रह गरे । यसका साथै अध्यक्ष शाक्यले सुनचाँदी कारोबारका लागि प्रष्ट मापदण्ड लागु गर्न र व्यवसायीलाई अनावश्यक दुःख नदिई निर्वाधरुपमा व्यवसाय सञ्चालनको बाटो खुल्ला गर्न पनि सचिव मसारिनीसँग आग्रह गरेका थिए ।

साथै, भेटका क्रममा महासंघका तर्फवाट सभाषद् एवं महासंघका सल्लाहकार रणेन्द्र वराइली, उपाध्यक्षद्धय दियेश रत्न शाक्य र महेन्द्ररत्न शाक्य लगायतको उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस्