७ श्रावण २०८३, बिहिबार

सुनचाँदी व्यवसायलाई उद्योगको रुपमा अगाडि बढाउन सकिन्छः सचिव ज्ञवाली



काठमाडौं । सरकारले सुनचाँदी व्यवसायलाई उद्योगकोरुपमा अगाडि बढाउन सकिने भन्दै त्यसकालागि स्वदेशी ज्ञान र शीपको विकास गर्न ब्यवसायीहरुलाई आग्रह गरेको छ ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा सोमबार गएको महासंघको प्रतिनिधमिण्डलसँगको भेटका क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. तोय नारायण ज्ञवालीले यस्तो बताएका हुन् ।

सचिव ज्ञवालीले सुनचाँदी ब्यवसायको क्षेत्रमा धेरै संभावनाहरु रहेको औंल्इाउँदै त्यसको उजागर गर्न स्वयं ब्यवसायीहरु लागि पर्नुपर्ने खाँचो समेत औंल्याए । उनले भने,‘यो ब्यवसायलाई एउटा प्रभावकारी स्वदेशी उद्योगको रुपमा विकास गर्दै लैजानुस्, यसका लागि सरकारले कहाँ के गर्नु पर्ने हो त्यो गर्न हामी तयार छौं ।’

सचिव ज्ञवालीसागको भेटका क्रममा महासंघका अध्यक्ष शाक्यले सुनचाँदी ब्यवसायको प्रवद्र्धनववाट खानीहरुको उत्खनन् गर्ने देखि रोजगारी प्रवद्र्धनगर्न सकेत सकीने बताए । यसवाट सरकारी राजस्वमा अभिवृद्धि जस्ता कुराहरुमा समेत टेवा पुग्नेमा जोडदिए ।

त्यसक्रममा सुनको आपुर्ति, नीति नियम, कानून र अन्य ब्यवसाय हितका लागि आवश्यक बिषयमा छलफल भएको थियो ।


प्रतिक्रिया दिनुहोस्