१० श्रावण २०८३, आइतबार

अजोड इन्स्योरेन्समा १०० कित्ता हुनेले युनाईटेडको ८२.५ कित्ता सेयर पाउने, अध्यक्ष र सीईओ को बन्दै ?

अजोड इन्स्योरेन्समा १०० कित्ता हुनेले युनाईटेडको ८२.५ कित्ता सेयर पाउने, अध्यक्ष र सीईओ को बन्दै ?



काठमाडौं । मर्जरमा जानका लागि युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले अन्तिम सम्झौता गरेका छन् ।

यी दुवै कम्पनीबीच मर्जरमा जानका लागि गत पुस २६ गते प्रारम्भिक सम्झौता भएको थियो । युनाईटेड र अजोड इन्स्योरेन्सलाई मर्जरका लागि नेपाल बीमा प्राधिकरणले गत पुस २९ गते नै सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।

यी दुवै कम्पनीको सेयर स्वाप रेसियो १०० बराबर ८२.५० हुने सहमति भएको छ । यो भनेको अजोडमा १०० कित्ता सेयर हुने सेयरधनीले युनाईटेडको ८२.५० कित्ता सेयर पाउनेछन् ।

प्रभु इन्स्योरेन्ससँग मर्जर सम्झौता तोडेर अजोड इन्स्योरेन्सले युनाइटेड इन्स्योरेन्ससँग मर्जरका लागि प्रारम्भिक सम्झौता गरेको थियो । अन्तिम सम्झौता अनुसार युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्नेछन् । एकीकृत कारोबार हुने आगामी बैशाख अन्तिमबाट थालनी गर्ने बताइएको छ ।

नयाँ बन्ने कम्पनीको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने टुंगो लगाउन बाँकी रहेको स्रोतको भनाई छ । यद्यपि, नयाँ कम्पनीको अध्यक्षमा भने अजोडको तर्फबाट अजद श्रेष्ठ भन्ने छन् भने सीईओ युनाईटेडले पाउने सम्भावना छ ।

यी दुवै कम्पनी मर्ज भएपछि चुक्ता पुँजी २ अर्ब ७ करोड बढी हुनेछ । हाल युनाइटेड इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ७ करोड ९५ लाख ६८ हजार र अजोड इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ । युनाईटेडले यस वर्ष ५ प्रतिशत बोनस सेयर वितरण गरी पुँजी बढाएको हो ।