‘एनसेल बाह्रखरी गल्फ एण्ड इकोनोमिक सिम्पोजियम’ वैशाख ९ गतेदेखि संचालन हुने, प्रथमलाई सुनको बल
काठमाडौं । बाह्रखरी मिडियाले नयाँ वर्ष २०८० वैशाख ९ गतेदेखि एनसेल बाह्रखरी कर्पाेरेट गल्फसँगै आर्थिक परिसंवाद (इकोनोमिक सिम्पोजियम) कार्यक्रम आयोजना गर्ने भएको छ ।
कम्पनीले आज एक पत्रकार सम्मेलन गर्दै देशको आर्थिक दिशानिर्देश गर्ने परिसंवाद तथा प्रतिष्ठित कर्पोरेट क्षेत्रका व्यवसायीहरूले प्रतिस्पर्धा गर्ने जनाएको हो । गल्फ प्रतियोगिताको शुभारम्भ सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालबाट गोकर्ण गल्फ कोर्स तथा गोकर्ण फरेस्ट रिसोर्टमा वैशाख ९ गते बिहान हुने कम्पनीले जनाएको छ ।
कपोरेट गल्फ प्रतियोगितामा प्रदान गरिने प्रथम पुरस्कार ’सुनको बल’ सार्वजनिक गरेको छ । गल्फ प्रतियोगिता ’कर्पोरेट’ व्यक्तित्वबीच हुनेछ । आर्थिक परिसंवाद (इकोनोमिक सिम्पोजियम) मा देशभरबाट विशिष्ट व्यक्तित्व, अर्थविद्, बैकर, उद्यमीलगायतका व्यक्तित्वको सहभागिता रहनेछ ।
करिब सय जना गल्फरले भाग लिने यस प्रतियोगितामा काठमाडौं, धरान, विराटनगर, वीरगन्ज, चितवन, पोखरा बुटवल, नेपालगन्ज, धनगढीसहित केही विदेशी ’कर्पोरेट’ गल्फर पनि उपस्थित हुनेछन् । हरेक वर्ष गल्फ खेलको माध्यमबाट आर्थिक र सामाजिक सचेतना अभिवृद्धि गराउन देशका फरक–फरक स्थानमा कर्पोरेट गल्फ प्रतियोगिता गर्दै आएको बाह्रखरी मिडियाले यसअघि पोखरा, धरान सगरमाथा क्षेत्रकोको रीमा गरेको थियो ।
पहिलो दुई प्रतियोगिता यसै स्थान अर्थात् गोकर्ण गल्फ कोर्स सम्पन्न भएका थिए । कर्पाेरेट क्षेत्रका खेलाडीबीच हुने यो प्रतियोगिता देशकै प्रतिष्ठित प्रतियोगिता भएको र यसका अल राउण्ड विजेताले एक तोला सुनले बनेको गल्फ बल तथा अन्य पुरस्कार प्राप्त गर्नेछन् साथै अन्य विभिन्न विधामा विजेताले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
कुनै प्रतियोगीले तोकिएको होलमा एकै सटमा लक्ष्य प्राप्त गरेभने ’होन इन वन’ पुरस्कारका रुपमा ’हुन्छे’ को ’भेन्यू गाडी प्राप्त गर्नेछन् । गोकर्ण गल्फ क्लबको १८ होलमा स्टेबल फोर्ड फर्म्याटमा प्रतिस्पर्धा गर्नेछन् । यसको अर्थ कुनै पनि होलमा तोकिएको भन्दा बडी स्ट्रोक हान्न पाइने छैन यस नियमने ठूलो प्रतियोगितामा समयको बचत गर्नेछ ।
त्यसै, विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि गल्फ प्रतियोगितासँगै ’आर्थिक परिसंवाद कार्यक्रम आयोजना समेत हुने भएको छ । “आर्थिक परिसंवाद कार्यक्रममा प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, गभर्नर नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका प्रमुख, पदाधिकारीसहित अर्थविद, बैंकर, उच्च तहका कर्मचारी, व्यवसायीलगायतका करिब चार सय पाहुना सहभागी हुने कम्पनीले जनाएको छ ।
कार्यक्रममा एकजना विज्ञबाट वर्तमान आर्थिक अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ भने विभिन्न क्षेत्रका विज्ञ तथा प्रमुख व्यक्तित्वको सम्बोधनपछि सरकारका प्रतिनिधिले जवाफ दिनुहुनेछ ।
’अर्को चरणको आर्थिक सुधारमा सहयोग पुगोस भन्ने उद्देश्यले ’आर्थिक परिसंवाद’ आयोजना गरिएको हो । यस कार्यक्रममा प्रस्तुत गर्ने हेतुले बाह्रखरी मिडियाले मुलुकको ’वर्तमान आर्थिक अवस्था र संकट समाधानका सन्दर्भमा चारसय बढी व्यवसायी तथा सर्वसाधारणको धारणा समेटेर ल्याएको छ । बाह्रखरी मिडियाले प्रत्येक वर्ष आयोजना गर्दै आएको गल्फ प्रतियोगितामा एनसेलले गल्फ खेलको माध्यमबाट देशको आर्थिक, सामाजिक र पर्यटनलगायतका क्षेत्रको विकासमा योगदान पुयाउन प्रमुख प्रायोजकका रूपमा विगत चार वर्षदेखि हामीसंग सहकार्य गर्दै आएको छ ।
यो वर्ष आयोजना गरिएको एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रममा गल्फ खेलाडीसहित करिब १५ सय पाहुना उपस्थित हुने अनुमान छ । ’एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रम सम्पन्न गर्नका लागि नेपाल उद्योग वाणिज्य महासंघ नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एशोसियसन र नेपाल टुरिजम बोर्डसँग सहकार्य गरेका छन् ।
त्यसैगरी ग्लोबल आईएमई बैंक, सिभास रिगल, भाटभटेनी सुपरमार्केट, माछापुच्छे बैंक, शिखर इन्स्योरेन्स, सिटी एक्सप्रेस, बीएमडब्लु प्रभु बैंक र फलानो लुगा प्रायोजक रहेका छन् । एनसेल बाह्रखरी गल्फमा विगत वर्षहरूमा पनि नेपाल पर्यटन बोर्ड, भाटभटेनी सुपरमार्केट, सिभास रिगल हुई मोटर्स (बीएमडब्लु) प्रभु बैंकको सहयोग रहेको थियो













